समितिद्वारा पाँच सदस्यिय उपसमिति गठन : १५ दिनभित्रमा प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौँ, २३ माघ । सङ्घीय संसदअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन पाँच सदस्यि उपसमिति गठन गरेको छ ।

समितिको कार्यालय सिंहदरवारमा आज बसेको बैठकले समितिका सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठन गरेको सो उपसमितिमा सांसद अञ्जना विसङ्खे, गजेन्द्रबहादुर महत, एकल मिया र नविता चौधरी रहनुभएको छ । सो उपसमितिलाई प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन १५ दिनको समयावधि तोकिएको छ ।

विसं २०१६ मा स्थापित तत्कालीन राप्ती अञ्चलको सबैभन्दा जेठो सो अस्पताललाई विस २०७४ असोज २९ गते प्रतिष्ठानमा रुपान्तरण गरिएको थियो । करीब २२ लाख जनसङ्ख्याको विशेषज्ञ स्वास्थ्य सेवा केन्द्रका रुपमा रहेको सो अस्पतालमा कार्यरत कर्मचारी विसं २०७५ माघ २ गतेदेखि विभिन्न माग राखी आन्दोलित रहेका छन् ।

बैठकमा समितिका सदस्यद्वय अधिकारी, योगेश भट्टराईले स्वास्थ्यका सबै प्रतिष्ठानलाई नियमन गर्न एकीकृत स्वास्थ्य प्रतिष्ठान बनाउन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयले विशेष पहल गर्न माग गर्नुभयो ।

समितिका सदस्यद्वय उमेश श्रेष्ठ र उमाकान्त चौधरीले चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान ९न्याम्स०को उपकुलपति पद खाली भएको पाँच महीना बितिसकेको भन्दै तत्काल उपकुलपति नियुक्ति गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, १२ कार्तिक । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच भेटवार्ता भएको छ । बुधबार