पत्रकारको बढेको न्युनतम पारिश्रमिक कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, २२ माघ । सर्वोच्च अदालतले सरकारले बढाएको पत्रकारहरुको न्युनतम पारिश्रमिक कार्यान्वयन नगर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्दशम्शेर जबराको एकल इजलासले सरकारले श्रमजीवि पत्रकार ऐनअनुसार श्रमजीवि पत्रकारहरुको मात्र न्युनतम पारिश्रमिक तोक्न पाउनेमा श्रमजीवि कामदार, कर्मचारीको समेत न्युनतम पारिश्रमिक निर्धारण गरेकाले उक्त काम कानूनसम्मत हो वा होइन भन्ने विचारणीय देखिएकाले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सरकारले गत कात्तिक १ गते राजपत्रमा सूचना प्रकाशित गरी श्रमजीवि पत्रकार, राष्ट्रिय मिडियामा काम गर्ने कामदार÷कर्मचारी, आमसञ्चार प्रतिष्ठानका कामदार कर्मचारीको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, १२ कार्तिक । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच भेटवार्ता भएको छ । बुधबार