राष्ट्रपति भण्डारीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाण्डौ, २१ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएकी छीन ।

राष्ट्रपति भण्डारीले सामाजिक संजाल ट्विटर मार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिँदै लेखेकी छीन, ‘नेपालले यूएईमा भएको तेस्रो टी–२० क्रिकेट खेलमा ऐतिहासिक सफलता हासिल गरेकोमा राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । हाम्रो देशमा लोकप्रिय बनेको क्रिकेट खेलको प्रवद्र्धनका लागि शैक्षिक प्रतिष्ठान र सम्बद्ध पक्ष अग्रसर हुने अपेक्षा लिएको छु ।’

नेपाली क्रिकेट टोली यूएईसँगको तीन एकदिवसीय र तीन टी–२० शृङ्खला जित्दै सोमबार स्वदेश फर्कँदै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने

काठमाडौँ, ११ कार्तिक । धनुषाबाट एक बालक एक सातादेखि बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार धनुषाको नगराइन

काठमाडौँ, ११ कार्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन-असोज) मा नेपालले करिब साढे ४ अर्ब रुपैयाँ

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु