आयल निगमद्वारा प्रहरीलाई भवन खाली गर्ने आग्रह

काठमाडौं, ९ माघ । नेपाल आयल निगमले टेकुस्थित आफ्ना भवनहरू खाली गरिदिन प्रहरीलाई आग्रह गरेको छ ।

तत्कालीन नेशनल ट्रेडिङको जग्गा तथा भवन गत वर्ष नै नेपाल आयल निगमले किनेको थियो । भूकम्पपछि महानगरीय प्रहरी परिसर र अपराध अपराध महाशाखाको कार्यालय नेशनल ट्रेडिङकै भवनमा बस्दै आएको छ ।

महानगरीय प्रहरी परिसरलाई भवन खाली गराइदिन पत्राचार गरिएको निगमका प्रवक्ता बिरेन्द्र गाइतले बताएका छन । अब आयल निगमले आफ्नो केन्द्रीय कार्यालय रहेको बबरमहलको भवन जीर्ण भएकोले अब कार्यालयका रुपमा प्रहरी बसिरहेकै भवन उपयोग गर्ने तयारी गरेको  छ ।

नेशनल ट्रेडिङका कर्मचारीलाई अवकास दिने समयमा यो जग्गा निगमले किनको थियो । टेकुमा किनेको ४९ रोपनी जग्गामा नै अब निगमको केन्द्रीय कार्यालय राख्ने योजना छ ।

महनगरीय प्रहरी परिसरका प्रवक्ता होमेन्द्र बोगटी भने राजधानीको शान्ति सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरीले एउटा पत्रका भरमा आफ्नो कार्यालय भवन सार्न नसक्ने बताउदै उनले भने, ‘हामी पनि सरकारकै अंग हौं । यो विषय सुरक्षाजस्तो संवेदनशील विषयसँग जोडिएको छ,। ’ यो घरबेटीले कोठामा बस्नेलाई आदेश दिएजस्तो विषय हैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ

काठमाडौँ, १५ कार्तिक । मोटरसाइकल ट्रकमा ठोकिएर दुर्घटना हुँदा दैलेखमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा

काठमाडौँ, १५ कार्तिक । ललितपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४,

काठमाडौँ, १५ कार्तिक । रौतहटमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार परोहा नगरपालिका–४, पोखरिया टोलका ६ वर्षीय