काठमाडौँ, १३ मंसिर । झापामा खैरो हेरोइनसहित एक महिला पक्राउ परेकी छन् ।
शनिबार इलाका प्रहरी कार्यालय अनारमनि र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको संयुक्त टोलीले झापाको मेचीनगर नगरपालिका–१५ स्थायी घर भई बिर्तामोड नगरपालिका –५ बस्ने ३६ वर्षीय पार्वता राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम खैराे हेराइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






