काठमाडौँ, १३ मंसिर । बजारमा प्याजको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुुसार हिजो शनिबारको तुलनामा प्याजको भाउ थोकमा प्रतिकिलो औसत १२ रुपैयाँ घटेको छ ।
हिजो शनिबार प्याज प्रतिकिलो न्यूनतम ८५ देखि अधिकतम ९० र औसत ८७ रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने प्याज प्रतिकिलो न्यूनतम ७० देखि अधिकतम ८० र औसत ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।






