ट्रकमा माइक्रोबस ठोक्किँदा ४ जना घाइते

काठमाडौँ, १३ मंसिर । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ हुलास नजिकै वीरगञ्ज-पथलैया सडकखण्डमा ट्रकमा माइक्रोबस ठोक्किँदा ४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत हुलास नजिकै प्र.२-०३-००१ ख ५३६० नम्बरको ट्रक ग्यारेजबाट मर्मत गरी जितपुरतर्फ जाने क्रममा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९८५ नम्बरको माइक्रोबस ठोक्किएको थियो ।

आज दुर्घटनामा परेको उक्त माइक्रकोबसमा चालकसहित १० जना सवार थिए । जसमध्ये चार जना घाइते भएको बारा प्रहरीले जनाएको छ ।

घाइते हुनेमा माइक्रोबसका चालक बाराको परवानीपुर गाउँपालिका-२ मुसहरीका २८ वर्षीय उत्तम साह, पर्साको वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा पोखरीका ६७ वर्षीय राजेन्द्र महतो, दाङको तुलसीपुरका ३७ वर्षीय बुद्धि बस्नेत र वीरगञ्ज महानगरपालिका-१३ श्रीपुरकी ६९ वर्षीय सकुन्ताल पौडेल रहेका छन् ।

घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि सिमरास्थित इभर ग्रिन तराइ अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीको सबैभन्दा ठूलो शक्ति नै नैतिकता रहेको बताएका छन् ।

काठमाडौँ, १३ मंसिर । बजारमा प्याजको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुुसार हिजो

काठमाडौँ, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका करिब एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक गरेको जनाएको

काठमाडौँ, १३ मंसिर । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार