सुनसरी, १३ मंसिर । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने ३१ वर्षीय अमित अधिकारी र सोही स्थानका २४ वर्षीय रोहन पोदार रहेका छन् । सडक छेउमा प्रदेश १–०२–०५५ प ४१०६ नम्बरको मोटरसाइकलमा अडेस लागेर बसिरहेका उनीहरूलाई शंका लागि खानतलासी गर्दा साथबाट १४.०७ ग्राम (चौध ग्राम सत्तरी मिलिग्राम) लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागू औषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले दियो ।






