आजको मौसम

काठमाडौँ, १३ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका थोरै स्थानमा हुस्सु र तुवाँलो लागेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।  आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको

काठमाडौँ, १३ मंसिर । २०८३ साल मङ्सिर १३ गते आइतबार सन् २०२६ नोभेम्बर २९ तारिख। मंसिर कृष्ण पक्षको  पञ्चमी  तिथि

मकवानपुर, १२ मंसिर । इन्द्रसरोवर गा.पा. ४ गोठभित्ता बस्ने अन्दाजी ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती ३५ वर्षीया रुकु पाख्रिनलाई

डोटी, १२ मंसिर । घरायसी विवादका क्रममा छोराले प्रहार गरेको दाउरा लागेर बुबाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोगटान