आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

मकवानपुर, १२ मंसिर । इन्द्रसरोवर गा.पा. ४ गोठभित्ता बस्ने अन्दाजी ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती ३५ वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेका छन् । उनलाई प्रहरीले पक्राऊ गरेको छ ।

२०८३ मंसिर ११ गते राति अन्दाजी २१:०० बजे श्रीमान्-श्रीमतीबीच झैझगडा भएको भनि स्थानीयमार्फत जानकारी प्राप्त भएको थियो । जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल, मकवानपुरबाट प्रहरी टोली खटिई बुझ्दा रुकु पाख्रिन घरभित्र सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रमेश पाख्रिनले मादक पदार्थ सेवन गरी श्रीमती रुकुलाई कुटपिट गर्दा उनी अचेत भएकी थिइन् ।

मंसिर १२ गते बिहान अन्दाजी १०:३० बजे प्रहरी चौकी फाखेल, मकवानपुरमा घटनाबारे जानकारी प्राप्त हुनासाथ खटिएको टोलीले घटनास्थलमा पुगेर बुझ्ने तथा आवश्यक अनुसन्धान गर्ने कार्य गरेको थियो । घटनामा संलग्न श्रीमान् रमेश पाख्रिनलाई पक्राउ गरिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको

काठमाडौँ, १३ मंसिर । २०८३ साल मङ्सिर १३ गते आइतबार सन् २०२६ नोभेम्बर २९ तारिख। मंसिर कृष्ण पक्षको  पञ्चमी  तिथि

मकवानपुर, १२ मंसिर । इन्द्रसरोवर गा.पा. ४ गोठभित्ता बस्ने अन्दाजी ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती ३५ वर्षीया रुकु पाख्रिनलाई

डोटी, १२ मंसिर । घरायसी विवादका क्रममा छोराले प्रहार गरेको दाउरा लागेर बुबाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोगटान