डोटी, १२ मंसिर । घरायसी विवादका क्रममा छोराले प्रहार गरेको दाउरा लागेर बुबाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ५० वर्षीय रणबहादुर चन्द रहेको प्रहरीले जनाएको छ । २३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबार रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले छोराले घरायसी विवादमा बुवाको हत्या गरेको बताए ।






