मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु

सर्लाही, ११ मंसिर । बरहथवा नगरपालिका–१७ कटानीमा मोटरसाइकल अनियन्त्रित भई नहरमा खस्दा एक युवकको मृत्यु भएको छ ।

बुधबार साँझ करिब ७ बजे मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१ नयाँ बजारका २३ वर्षीय रुपेश पासवान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बरहथवास्थित भेनस अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका २२ वर्षीय सुवेश पासवानको चिउँडोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ मंसिर । बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च विन्दुमा पुगेको छ । सन् २०२६ सेप्टेम्बरसम्मको एक

एजेन्सी, १० मंसिर । इजरायलले गाजाको दीर अल बलाहमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आक्रमणमा

कायरो, १० मंसिर । इजिप्टको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको एउटा गाडी पल्टिएर आगलागी

काठमाडौँ, १० मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट