त्रिवि सम्बन्धनका कलेजले अरूका कार्यक्रम चलाउन नपाउने

काठमाडौँ, ९ मंसिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन लिएर सञ्चालनमा रहेका क्याम्पस तथा कलेजले अन्य स्वदेशी वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको स्वघोषणापत्र अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ ।

त्रिवि उपकुलपतिको कार्यालयले आज सूचना जारी गर्दै सम्बन्धन प्राप्त सबै क्याम्पस तथा कलेजलाई मंसिर १५ गतेभित्र आधिकारिक स्वघोषणापत्र पठाउन निर्देशन दिएको हो ।

त्रिवि कार्यकारी परिषद्को २०८३ कार्तिक २१ गतेको निर्णयअनुसार विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजमा नयाँ विषय वा शैक्षिक कार्यक्रम, सेक्सन र कोटा थप गर्ने प्रयोजनका लागि यस्तो व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

त्रिवि सम्बन्धनसम्बन्धी विनियम २०७३ (संशोधनसहित) को परिच्छेद १३ मा त्रिभुवन विश्वविद्यालयबाहेक अन्य विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्‌बाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था छ । सोही व्यवस्थाको कार्यान्वयनका लागि विश्वविद्यालयले स्वघोषणापत्र माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि

काठमाडौँ, ९ मंसिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन लिएर सञ्चालनमा रहेका क्याम्पस तथा कलेजले अन्य स्वदेशी वा विदेशी विश्वविद्यालयका

काठमाडौँ, ९ मंसिर । आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार

काठमाडौँ, ९ मंसिर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको