टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ, ८ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गजुरी तर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई गल्छी गाउँपालिका-७ गल्छीबजारमा आज बिहान ११ बजे ठक्कर दिएको थियो । ठक्करबाट ढडेलधुराको अजयमेरु गाउँपालिका-४ का मोटरसाइकल चालक २८ वर्षीय बरुणप्रसाद भट्ट गम्भीर घाइते भएका थिए ।

तत्काल उद्धार गरी उनलाई उपचारका लागि बैरेनी अस्पताल पठाइएको थियो । उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपर चालक मकवानपुरको भिमफेदी गाउँपालिका-२ का ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाको भोटेकोशी बाढी तथा विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायत बागमती प्रदेशका विभिन्न

काठमाडौँ, ८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले आफ्नो एक साता लामो औपचारिक भारत भ्रमण

काठमाडौँ, ८ मंसिर । नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई औसत उपलब्धिमा

काठमाडौँ, ८ मंसिर । प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम