१० जना फरार प्रतिवादी पक्राउ

सर्लाही, ८ मंसिर । सर्लाही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खोजतलास अभियानका क्रममा सोमबार उनीहरूलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतमा दाखिला गरेको जनाएको छ । पक्राउ परेकामध्ये बैंकिङ कसुर मुद्दाका एक जनालाई २ वर्ष कैद सजाय तोकिएका छन् भने ज्यान मार्ने उद्योग मुद्दाका पाँच जना, झैझगडा तथा कुटपिट मुद्दाका एक जना र आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दाका एक जना रहेका छन् ।

यसैगरी सवारी ज्यान मुद्दामा एक जनालाई एक वर्ष कैद र ४ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका र अर्का एकजना कर्तव्य ज्यान मुद्दा फरार अभियुक्त पनि  पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूमाथि कुल ३ वर्ष कैद र २ लाख ३९ हजार रुपैयाँ जरिवानाको सजाय बाँकी रहेको थियो । पक्राउ परेकामध्ये कर्तव्य ज्यान मुद्दाका एक जना र ज्यान मार्ने उद्योग मुद्दाका एक जनालाई पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

अन्य सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ मंसिर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमासम्बन्धी विवादहरूलाई उच्च तहमा लगेर संवादमार्फत समाधान गर्न दुवै

काठमाडौँ, ८ मंसिर । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  देशको

काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा गरेको

काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा पाँच ‘प्रोजेक्ट’को शिलान्यास गरेका छन् ।