भारतले अल्पसंख्यकलाई मतदाता नामावलीबाट हटाएको आरोप

एजेन्सी, ४ मंसिर । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआईआरएफ)ले भारतमा मतदाता नामावली संशोधन प्रक्रियाका क्रममा धार्मिक अल्पसंख्यकलक्षित गरिएको आरोप लगाएको छ ।

आयोगका अध्यक्ष आसिफ महमुदले बिहीबार (नोभेम्बर १९) विज्ञप्ति जारी गर्दै भारतीय सरकारले मुस्लिम नागरिकलाई मतदाता सूचीबाट हटाउने, ‘विदेशी’ करार र अवैध रूपमा देशनिकाला गर्ने प्रयासमार्फत उनीहरूलाई निसाना बनाएको आरोप लगाएका हुन् ।

यूएससीआईआरएफ अमेरिकी सरकारको एक निकाय हो, जसमा रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका प्रतिनिधि सहभागी हुन्छन् । यसले विश्वभर धार्मिक स्वतन्त्रताको अवस्थाको अनुगमन गरी नीतिगत सिफारिस गर्छ । यस्ता सिफारिस बाध्यकारी हुँदैनन् ।

भारतले भने आयोगलाई पक्षपाती भन्दै त्यसका आलोचना अस्वीकार गर्दै आएको छ । भारतले यस्ता टिप्पणीलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा लिने गरेको छ ।

भारतमा जारी मतदाता नामावलीको विशेष गहन पुनरवलोकन (एसआईआर) प्रक्रियाका क्रममा करिब १३ करोड नाम हटाइएका समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् । आज

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित

काठमाडौँ, ४ मंसिर । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ । अज भएको