राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपामा पुस्तान्तरण र रूपान्तरण आवश्यक रहेको बताए ।

पार्टीमा तीन पुस्ताको प्रतिनिधित्व रहेको उल्लेख गर्दै उनले सबै पुस्ताको साथ र सहयोग आवश्यक रहेको धारणा राखे । युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै उनले पुस्तान्तरण हुन नसके पार्टी नाममा मात्रै सीमित हुन सक्ने बताए ।

‘राप्रपामा पुस्तान्तरण हुन सकेन । हामीले पुस्तान्तरण गर्न सकेनौँ भने जनतामा जाँदा एमाले, नेकपा र कांग्रेसका नेताको घरमा गएर एक–दुई सिट माग्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ मंसिर । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ७ वटा निर्णयहरू

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा आयोजित

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी स्मृति