वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्न आयोगको प्रस्ताव

काठमाडौँ, ४ मंसिर । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको चुनाव गर्न प्रस्ताव गरेको छ ।

आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले उक्त प्रस्ताव गरेको हो । आज आयोगसँगको छलफलपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा गर्ने गरी प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको उल्लेख गरेका हुन् ।

प्रचण्डले आयोगको प्रस्तावबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउनेसमेत बताएका छन् ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने प्रदेश सभाको निर्वाचन २०७९ मंसिर ४ गते भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल आगामी २०८४ साल वैशाख ३० मा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ मंसिर । महोत्तरीमा एक महिलाको शव फेला परेको छ । प्रहरीका अनुसार आज बिहान गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा

काठमाडौँ, ४ मंसिर । महाेत्तरीमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी

काठमाडौँ, ४ मंसिर । सशस्त्र प्रहरी बल, नेपालको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा

काठमाडौँ, ४ मंसिर । काठमाडौँको टोखामा प्रहरीका एक जना हवल्दारले आफैँलाई गोली प्रहार गरेका छन् । टोखा नगरपालिका–१ मा हवल्दार