‘अल टाइम १०० ग्रेटेस्ट सुपर स्टार्स’ को सूचीमा शाहरुख

काठमाडौँ, ३ मंसिर । बलिउड अभिनेता शाहरुख खान विश्वका ‘अल टाइम १०० ग्रेटेस्ट सुपर स्टार्स’ को सूचीमा पर्न सफल भएका छन् । यो सूचीमा पर्ने उनी एक मात्र भारतीय कलाकार हुन् ।

सुपरस्टार शाहरुखको लोकप्रियता भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै छ । यही विश्वव्यापी क्रेजका कारण उनी संसारभरका नामी फिल्म कलाकारहरूसँगै उत्कृष्ट १०० सिताराको सूचीमा परेका हुन् ।

‘अल टाइम १०० ग्रेटेस्ट सुपर स्टार्स’ को यो सूची प्रसिद्ध अन्तर्राष्ट्रिय म्यागजिन ‘भेराइटी’ ले सार्वजनिक गरेको हो । यस सूचीमा शाहरुख खानले मर्लिन मुनरो, चार्ली च्याप्लिन, ज्याक निकोलसन, क्याथरिन हेपबर्न र टम क्रुजजस्ता विश्व प्रसिद्ध दिग्गज कलाकारहरूसँगै स्थान बनाएका छन् ।

सूचीको शीर्ष ५ मध्ये पहिलो नम्बरमा मर्लिन मुनरो रहेकी छन् । त्यस्तै, दोस्रो स्थानमा हम्फ्री बोगार्ट, तेस्रोमा चार्ली च्याप्लिन, चौथोमा ज्याक निकोलसन र पाँचौँ स्थानमा क्याथरिन हेपबर्न रहेका छन् । सूचीमा शाहरुखको नाम ९२औँ स्थानमा छ ।

शाहरुखको आगामी फिल्मको कुरा गर्दा उनी छिट्टै ‘किङ’ मा देखिँदैछन् । यो फिल्म सन् आगामी डिसेम्बर २४ मा प्रदर्शनमा आउँदैछ ।  यसै फिल्म मार्फत शाहरुखकी छोरी सुहाना खानले पनि ठुलो पर्दामा डेब्यु गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ मंसिर । ओखलढुङ्गामा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको सिद्धिचरण नगरपालिका–०६ जन्तरखानीबाट दुई

काठमाडौँ, ३ मंसिर । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा परेको छ ।  वायु प्रदूषण मापन गर्ने संस्था

मकवानपुर, ३ मंसिर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्

काठमाडौँ, ३ मंसिर । आज बिहान मकवानपुरको भीमफेदी–२, भैँसेमा चेकजाँचक्रममा पालुङबाट हेटौँडा आइरहेको कारमा गाँजा भेटिएको छ । बीएबी ४४३१ नम्बरको