कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने- ‘एमालेको राष्ट्रिय भेला हाटबजार होइन’

काठमाडौँ, ३ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याउँदै अनुशासित भएर भेलास्थलमा बस्न आग्रह गरेका छन्  ।

राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलाको गरिमालाई उच्च राख्न कार्यकर्तालाई निर्देशन गर्दै भने, ‘एमाले जस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनु पर्‍यो ।’

हिजो उद्घाटन र बन्दसत्रमा सहभागीहरु हलबाट बाहिरिएको, अनाधिकृत व्यक्तिहरुको समेत प्रवेश भएपछि अध्यक्ष ओलीले आज सहभागी र स्वयंसेवकहरुलाई कडाइका साथ अनुशासन पालन गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘भेलालाई भेला जस्तो बनाउनु पर्छ । हिजो अन्तिममा फाट्टफुट्ट साथीहरु मात्रै थिए । घरका मान्छेहरुले सोधे भने के गर्नेहोला ? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरु हुनुहुन्छ । उहाँहरुको अनुमतिमा जानुहोला । सौंचका लागि नजिक सौचालयमा जानुहोला । कार्यक्रम सक्कियो कि सक्किएन भन्ने जस्तो भयो’,  ‘एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ मंसिर । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको

एजेन्सी, २ मंसिर । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अबुधाबीमा भएको वार्ताका क्रममा रुसले नेटोको पूर्वी विस्तार उल्ट्याउँदै सन् १९९७ अघिको

एजेन्सी, २ मंसिर । इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ । पाँच दिनभित्र बहराइनमाथि तीनपटक आक्रमण भएपछि खाडी क्षेत्रमा

एजेन्सी, १ मंसिर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले जेलमा आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गएको बताएका छन् । उनले देशका तीनवटा प्रमुख