भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

मकवानपुर, ३ मंसिर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

आज बिहान ८ः३० बजे हेटौंडाबाट काठमाडौँ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । सुमोमा चालकसहित १० जना सवार रहेकोमा ७ जना घाइते भएका छन् ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ मंसिर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्

काठमाडौँ, ३ मंसिर । आज बिहान मकवानपुरको भीमफेदी–२, भैँसेमा चेकजाँचक्रममा पालुङबाट हेटौँडा आइरहेको कारमा गाँजा भेटिएको छ । बीएबी ४४३१ नम्बरको

काठमाडौँ, ३ मंसिर । वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले म्याग्दी प्रहरीले सञ्चालन गरेको ‘ब्राबोसेरा’ अभियानअन्तर्गत हालसम्म

काठमाडौँ, ३ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ