छठ पर्वले हामीलाई जीवनको गहिरो दर्शन सिकाउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ, २९ कार्तिक । प्रधानमन्त्री बालेन शाहले ​छठले हामीलाई जीवनको गहिरो दर्शन सिकाउने बताएका छन् । 

आज छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्–’ ​छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ। जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ। यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ ।’

सन्देशमा लेखिएको छ, ​’चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय(खाय, दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने गरिन्छ। ​सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस्।भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–५ का बलबहादुर

काठमाडौँ, २९ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २८ कार्तिक । जङ्गली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई

काठमाडौँ, २८ कार्तिक । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ