छठले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिन्छ : अध्यक्ष ओली

काठमाडौँ, २९ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने बताएका छन् । 

आज शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘शुद्धता, संयम र निष्ठाको यस पावन पर्वले सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दछ। प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउँदै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा कृतज्ञता र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार होस्। छठ पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना !’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको

काठमाडौँ, २८ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्ता र कूटनीतिमा नेपालको प्रभावकारी भूमिका स्थापित गर्न पूर्वतयारी, निरन्तर

काठमाडौँ, २८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको जल

काठमाडौँ, २७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन् ।  नेपालको संविधानको धारा १२९