राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । 

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयवस्तु तथा संसद्‌का गतिविधिबारे छलफल भएको थियो ।

सो अवसरमा संघीय संसद्‌मा विचाराधीन रहेका विधेयकहरू, संसद्को प्रभावकारिता र पछिल्ला राष्ट्रिय घटनाक्रमबारे कुराकानी भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो

काठमाडौँ, २० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Code Name

काठमाडौँ, १९ कार्तिक । आज सेयर बजार १२.९५ अंक घटेको छ । यो कमीसँगै बजार परिसूचक नेप्से २६५२ अंकमा कायम