‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

काठमाडौँ, १९ कार्तिक । चलचित्र ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरले अनमोल केसीको चरित्र खुलाएको छ । गाउँमा पढाउन गएका शिक्षकको भूमिकामा अनमोल रहेको प्रस्ट ट्रेलरले खुलाएको छ । त्यहीँ भेटिएकी एक युवती (प्रिन्सी खतिवडा)सँगको सामीप्यता र विवाहका लागि गरेको प्रस्ताव ट्रेलरमा देखिन्छ । 

अनमोल, प्रिन्सीसँगै भुवन केसी र गरिमा पन्तलाई पनि ट्रेलरले समेटेको छ । भुवन र गरिमाको बाध्यतालाई पनि ट्रेलरले देखाएको छ, तर प्रस्ट खुलाएको छैन । 

कार्तिक २६ गतेबाट प्रदर्शन हुने चलचित्रलाई भुवन केसीले निर्देशन गरेका छन् । जिया केसी र भविष्य खड्का निर्माता रहेको ‘बाटुलो जून’मा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्रलगायतको पनि अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडटर्म (मध्यावधि) चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन् ।

एजेन्सी, १८ कार्तिक । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु

एजेन्सी, १८ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको बताएका छन् ।

एजेन्सी, १७ कार्तिक । चीनको निजी अन्तरिक्ष कम्पनी क्यास स्पेसले विकास गरेको रकेटले मंगलबार १८ वटा भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण