परिसूचक १.४० अङ्कले बढ्यो

काठमाडौँ, १८ कार्तिक । सेयर बजार परिसूचकमा आज १.४० अङ्कले बढेर २६६५.५३ को विन्दुमा पुगेर बन्द भएको छ ।

परिसूचकमा झिनो सुधार देखिए पनि आज कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभरमा कुल ३५८ कम्पनीका २ करोड १२ लाख कित्ता सेयर ५९ हजार पटक किनबेच हुँदा ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ।

यद्यपि, समग्र बजारमा बढेका कम्पनीभन्दा घट्ने कम्पनीको संख्या धेरै देखिएको छ। आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

आजको बजारमा नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ९२१.७० रुपैयाँ पुगेको छ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमा कम्पनीमा हकप्रद शेयर लगानीका लागि स्वीकृति प्रदान गरेको थियो । यसको प्रत्यक्ष प्रभाव आजको शेयर कारोबारमा देखिएको हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ, १८ कार्तिक । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने

काठमाडौँ, १८ कार्तिक । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कोदालो प्रहारबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार

काठमाडौँ, १८ कार्तिक । बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार