बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौँ, १८ कार्तिक । चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मगलबार दिउँसो निउरो टिप्न गएका चार जनामध्ये भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।

घटनाबारे निजसँगै गएका साथीहरूले सोही दिन इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए ।

जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वनका कर्मचारीको समन्वयमा खोजतलास गर्ने क्रममा आज बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो ।

शव फेला परेको स्थान नजिकै रहेको बाघलाई डार्ट हानि नियन्त्रणमा लिइएको छ भने उक्त घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमका रूपमा मात्र

काठमाडौँ, १८ कार्तिक । नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वभरका नेपालीको समस्या र आवश्यकता बुझेर काम गर्नुपर्ने बताएकी छन् । 

काठमाडौँ, १८ कार्तिक । परराष्ट्र मन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

काठमाडौँ, १८ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार