दुई नाल बन्दुकसहित एक जना पक्राउ

काठमाडौँ, १७ कार्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर एक स्थानीय व्यक्ति घाइते भएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाल भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारामा अनुसार सोमबार साँझ करिब ६ः३५ बजे धर्मनगर निवासी ३० वर्षीय गोविन्द ठाडा मगरले बाँदर धपाउने क्रममा भरुवा बन्दुक पड्काउँदा निस्किएको छर्रा लागेर स्थानीय ३२/३३ वर्षीय उत्तम रमौली मगर घाइते भएका हुन् ।

छर्रा लागेर घाइते भएका रमौली मगरको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल, गण्डकमा उपचार भइरहेको छ । प्रहरी टोलीले घटनामा प्रयोग गरिएको भनिएका दुई नाल भरुवा बन्दुकसहित गोविन्द ठाडा मगरलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १७ कार्तिक । युक्रेनको दक्षिणी जापोरिझा क्षेत्रस्थित एक मानवीय सहायता केन्द्रमा रुसी बमबारी हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको

एजेन्सी, १६ कार्तिक । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा परी एक बालकसहित कम्तीमा आठ जनाको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्

एजेन्सी, १६ कार्तिक । अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको छ । 

एजेन्सी, १५ कार्तिक । अमेरिकी एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा द वाल स्ट्रिट जर्नलविरुद्ध दायर १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज