नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

काठमाडौँ, १६ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिन पुलजिपबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

फेनारगन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र नोर्फिन २ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका–१८ घाँटी छिना बस्ने सोही महानगरपालिका–२३ घर भएका ३६ वर्षीय दिपु क्षेत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ८८८९ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले अति आवश्यक भइसकेको राज्यका सबै अङ्गको संस्थागत शुद्धीकरण अभियान दृढतापूर्वक अघि बढाउनुपर्नेमा

काठमाडौँ, १६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई

काठमाडौँ, १६ कार्तिक । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १६ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र