मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ

काठमाडौँ, १६ कार्तिक । पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर डोर्‍याउँदै भाग्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोड सडकखण्डबाट प्रहरीले बाराको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरीलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरञ्ज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकास कुमार कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल सडकछेउमा पार्किङ गरी राखिएको थियो । 

आज बिहान करिब ९ः३० बजे उक्त मोटरसाइकलको लक तोडेर डोर्‍याउँदै भागिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान बढाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले अति आवश्यक भइसकेको राज्यका सबै अङ्गको संस्थागत शुद्धीकरण अभियान दृढतापूर्वक अघि बढाउनुपर्नेमा

काठमाडौँ, १६ कार्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई

काठमाडौँ, १६ कार्तिक । मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन् । ऊर्जा, जलस्रोत तथा

काठमाडौँ, १६ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र