संघीय संसद्को अधिवेशन आह्वान गर्न कांग्रेसको माग

काठमाडौँ, १६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेको छ ।

प्रमुख सचेतक बासना थापाका अनुसार आज बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले अदालतमा बिचौलियासँग मिलेर मुद्दामा सेटिङ गरेको प्रकरणको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गर्ने निर्णय गरेको छ ।

अदालतमा सेटिङ भएको भनिएको प्रकरणमा न्यायालय, सरकार प्रमुख र प्रहरीसमेतको नाम जोडिएकाले सरकारी निकायबाट हुने छानबिन निष्पक्ष हुनेमा विश्वास नभएको प्रमुख सचेतक थापाले बताइन् । त्यसैले संसद्बाटै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग.

काठमाडौँ, १६ कार्तिक । जिल्ला प्रशासन कार्यालय झापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित

सुनसरी, १६ कार्तिक ।  सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १६ कार्तिक । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय