जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेस्थित भित्री कच्ची सडकखण्डमा शुक्रबार साँझ श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ल्यान सिद्ध कुमाख गाउँपालिका-२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन् ।

घाइतेहरूमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । जिप चालक सल्यान, सिद्ध कुमाख गाउँपालिका-२ का ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी