आजको मौसम

काठमाडौँ, १४ कार्तिक । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने भएको छ । अहिले देशभर अधिकांश स्थानमा बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ । सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षा र हिमपात सम्भावना छ । 

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी