रुसीले युक्रेनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार जेट इन्जिनयुक्त रुसी ड्रोनले भीडभाड रहेको रेलवे स्टेसनको प्लेटफर्मलाई निशाना बनाएको थियो । आक्रमणका बेला यात्रुहरू जापोरिजिया जाने तयारीमा रहेको रोकिराखिएको ट्रेनमा चढ्न प्रतीक्षा गरिरहेका थिए ।

विस्फोटबाट निस्किएका छर्राले ट्रेनमा समेत क्षति पुर्‍याएको छ । आक्रमणका बेला प्लेटफर्ममा ठूलो संख्यामा यात्रु रहेको बताइएको छ ।

रुसले युक्रेनको रेल सञ्जाललाई बारम्बार निशाना बनाउँदै आएको छ । उक्त सञ्जाल यात्रु आवागमनका साथै आवश्यक सामग्री तथा आपूर्ति ढुवानीका लागि पनि प्रयोग हुँदै आएको छ । न्युजयूएन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली चलाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र

काठमाडौँ, १३ कार्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल

काठमाडौँ, १३ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १३ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव