काठमाडौँ, १२ कार्तिक । काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ बाडस्थली थानकोटमा ठूलो परिमाणको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार शंकर घलेको घरबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब २८ लाख रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी भइरहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।






