बढ्यो अन्डाको मूल्य बढ्यो

काठमाडौँ, १२ कार्तिक । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म (होलसेल) मूल्य बढाएको छ ।

संघले आज पोखरामा बसेको बैठकबाट अन्डाको नयाँ समर्थन मूल्य तोकेको हो । नयाँ निर्णय अनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) २ सय रुपैयाँ बढेको छ भने सानो अन्डाको मूल्य प्रतिपेटी १ सय रुपैयाँले वृद्धि भएको छ ।

संघको तथ्यांक अनुसार ६ कात्तिकमा ३ हजार ७ सय रुपैयाँ रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अन्डाको मूल्य अब ३ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यसैगरी १३.५ देखि १३.८ किलोको ठूलो अन्डाको मूल्य ३ हजार ६ सयबाट बढेर ३ हजार ८ सय रुपैयाँ तथा १२.५ देखि १२.८ किलोको मिडियम अन्डाको मूल्य ३ हजार ५ सयबाट बढेर ३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । ११ किलोभन्दा माथिको सानो अन्डाको मूल्य भने ३ हजार १ सयबाट बढेर ३ हजार २ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेकी

काठमाडौँ, १२ कार्तिक । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा

काठमाडौँ, १२ कार्तिक । सरकारले निजी क्षेत्रलाई पनि सीमापार विद्युत् व्यापारको बाटो खुला गरेको छ । विद्युत् व्यापारको पूर्वतयारी गर्न सरकारले

काठमाडौँ, १२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन