मन्त्री चौधरी र सभामुख अर्यालबीच छलफल

काठमाडौँ, १२ कार्तिक । आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र प्रतिनिधिसभा सभामुख डीपी अर्यालबीच छलफल भएको छ ।

भेटमा जलवायु वित्त र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु एजेन्डा कसरी सशक्त प्रस्तुत गर्ने भन्ने विषयमा विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ ।

छलफल क्रममा जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित नेपालजस्ता पर्वतीय तथा संवेदनशील मुलुकका मुद्दा अन्तर्राष्ट्रियस्तरमा प्रमुखतासाथ उठाउने विषयमा जोड दिइएको छ ।

साथै, हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने आर्थिक सहयोगलाई कसरी प्रभावकारी उपयोग गर्ने भन्ने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो । उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सांसदहरूको सहभागिता व्यवस्थित बनाउने विषयले पनि छलफलमा प्रवेश पाएको छ । सांसदहरूको राजनीतिक दलगत प्रतिनिधित्व, स्वखर्चमा सहभागी हुन चाहने सांसदका लागि आवश्यक प्रक्रिया र उनीहरूको सहभागिताको प्रतिबद्धता सम्बन्धी मापदण्ड तय गर्ने विषयमा मन्त्री चौधरी र सभामुख अर्यालबीच कुराकानी भएको छ ।

यसैगरी कोप–३१ अघि नै देशभित्र ‘राष्ट्रिय जलवायु शिखर सम्मेलन’ आयोजना गर्ने र सोही अवसरमा नेपालको पर्वतीय रणनीति ‘लिभिङ सगरमाथा’ सार्वजनिक गर्ने तयारीमा सरकार जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ । त्यो यति बेला आज

काठमाडौँ, १२ कार्तिक । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना

काठमाडौँ, १२ कार्तिक । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय