ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–९, बोटेचौर बस्ने २८ वर्षीय विमल राना रहेका छन् ।

गएराति साढे १२ बजेतिर भालुखोलास्थित भित्री सडकखण्डमा भे २ त ५९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

भालुखोलाबाट बालुवा लिएर खहरे खोलातर्फ जाँदै गरेको उक्त ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार मजदुर रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई ट्याक्टरको अगाडिको भागले च्यापेको थियो । दुर्घटनामा संलग्न ट्याक्टर चालक गुर्भाकोट नगरपालिका –२, खरिगैराका ४८ वर्षीय चन्द्र प्रकाश विकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान

बागलुङ, १२ कार्तिक । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ

काठमाडौँ, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate