परराष्ट्रमन्त्री खनालद्वारा कोप–३१ मा हिमालका समस्या र जलवायु न्यायलाई प्राथमिकता दिने घोषणा

काठमाडौँ, १२ कार्तिक । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई प्राथमिकता दिने घोषणा गरेका छन् । 

आज काठमाडौँमा आयोजित नेशनल क्लाइमेट समिट–२०२६ मा मन्तव्य राख्दै उनले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर नेपालका लागि मात्र नभई विश्वव्यापी चुनौती बनेको उल्लेख गरेका हुन् ।

हिमालको पारिस्थितिक स्थिरता पानी, खाद्य सुरक्षा, ऊर्जा र अर्थतन्त्रसँग जोडिएकाले यसको संरक्षण राष्ट्रिय हितसँगै साझा अन्तर्राष्ट्रिय जिम्मेवारी भएको खनालको भनाइ छ। गत अगस्ट २६ मा भोटेकोशी करिडोरमा आएको विनाशकारी बाढीपछि करिब ६ साताको अवधिमा नेपालका तीन नदी करिडोरमा बाढीपहिरोका ठुला घटना भएका थिए । 

ती विपद्ले जनधन, पूर्वाधार, जीविकोपार्जन र अर्थतन्त्रमा गम्भीर क्षति पुर्‍याएको उनले बताए । अगस्टको विपद्बाट भएको क्षतिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि मात्रै प्रारम्भिक आकलनमा करिब ४ अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने देखिएको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार