नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन : मौसम विभाग

काठमाडौँ, १२ कार्तिक । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ ।

त्यो यति बेला आज बिहान ११ः३० बजे बलियो न्यूनचापीय क्षेत्रका रूपमा रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालनजिक आइपुग्दा त्यो अझै कमजोर हुने सम्भावना छ । त्यसको प्रभावले देशका धेरै स्थानमा बिहीबारदेखि शनिबार (कात्तिक १२–१४)सम्म वर्षा/हिमपातको पूर्वानुमान छ । हावाहुरीको पनि सम्भावना छ । तर, तीव्र हावाहुरीको सम्भावना नरहेको विभागले स्पष्ट पारेको छ ।

विभागले भनेको छ, “धेरै शक्तिशाली चक्रवात ‘अर्नब’ अहिले बलियो न्यूनचापीय क्षेत्रको रूपमा विकसित भइसकेको र नेपालमा प्रवेश गर्दा अझै कमजोर हुने हुनाले सोको प्रभावले नेपालमा वर्षा/हिमपात तथा हावाहुरीको सम्भावना रहेता पनि चक्रवात ‘अर्नब’ शक्तिशाली हुँदा जस्तो नेपालमा हावाहुरीको सम्भावना भने देखिँदैन,” ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, १२ कार्तिक । मुस्ताङमा यस वर्ष एक अर्ब १४ करोड ९६ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान

बागलुङ, १२ कार्तिक । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ

काठमाडौँ, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate