साढे एक खर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौँ, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले बिहीबार (कात्तिक १२) बैंकिङ प्रणालीबाट एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप तान्दै छ ।

बैंक तथा वित्तीय संस्थामा निरन्तर अधिक तरलता भएपछि नियमित प्रक्रियाअनुसार केन्द्रीय बैंकले पटक–पटक गरेर छोटा अवधिको निक्षेप संकलन गर्ने गर्दछ । 

यसक्रममा यसपटक आठ दिनको लागि मात्रै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ कात्तिक २० गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी जनाएको छ । राष्ट्र बैंकका अनुसार, ब्याजदर पनि अनलाइन बोलकबोलबाट निर्धारण हुनेछ । 

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम १० करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता तथा ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु

काठमाडौँ, १२ कार्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट

काठमाडौँ, १२ कार्तिक । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध

काठमाडौँ, १२ कार्तिक । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार