गाँजासहित दुई जना भारतीय पक्राउ

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा गुजरात घर भएका २३ वर्षीय भंवर सिंह र ३३ वर्षीय वन्दित पटेल छन् । अमेरिकाबाट कुरियर गरेर पठाइएको १ केजी ३३८ ग्राम गाँजा बरामद गरिएको हो ।

कार्तिक १० मा कुरियर मार्फत डकुमेन्टको आवरणमा विमानस्थल हुँदै ल्याइएको गाँजा कन्ट्रोल डेलिभरीमार्फत बरामद गरिएको हो । पक्राउ परेका भारतीयहरूमाथि ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ । त्यो यति बेला आज

काठमाडौँ, १२ कार्तिक । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना

काठमाडौँ, १२ कार्तिक । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय