जलवायु र भू-विपद् न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौँ, ११ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न अन्तरिक्ष प्रविधिको प्रयोग र क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन् । 

थाइल्यान्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

उनले उच्च हिमाली भेगका विपद्ले तल्लो तटीय क्षेत्रसम्म पुर्‍याउने शृङ्खलाबद्ध असरबारे विश्व समुदायको ध्यानाकर्षण गराए । हालै लामटाङ लिरुङमा आएको हिमपहिरो र बुढीगण्डकी क्षेत्रको पहिरोले भोटेकोशी र त्रिशूलीलगायतका नदी बेसिनमा गरेको ठुलो जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा पुगेको गम्भीर असरबारे उनले जानकारी गराए ।

उनले भने, ‘यस्ता विपद्हरूबाट करिब २.७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ भने पुनःनिर्माणका लागि ४.८ अर्ब डलर आवश्यक पर्ने आकलन छ,‘ ‘ उच्च हिमालयमा उत्पन्न विपद् केही घण्टामै सयौँ किलोमिटर टाढासम्म पुग्ने नयाँ यथार्थसँग जुध्न केवल वर्षाको पूर्वानुमान मात्र पर्याप्त छैन। यसका लागि उपग्रह अनुगमन र पूर्वतयारी आवश्यक छ ।’

उनले सन् २०२६ देखि २०३० सम्मको कार्ययोजना समेटिएको भन्दै उनले क्षेत्रीय सहकार्य र प्राविधिक सहायतामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात ‘अर्नब’ हाल कमजोर भइसकेको छ । त्यो यति बेला आज

काठमाडौँ, १२ कार्तिक । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहका ६१ जना

काठमाडौँ, १२ कार्तिक । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन/प्रसारणका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय