सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : मन्त्री चौधरी

काठमाडौँ, ३० असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन विभिन्न कानुन र योजनामार्फत भोकमरी अन्त्य गर्ने र दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको बताएकी छिन् ।

सरकारले कृषि विकास रणनीति, खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, सोह्रौँ आवधिक योजना तथा खाद्य प्रणाली रूपान्तरणको रणनीतिका योजनामार्फत सो नीति लिएको उनले बताए ।

मन्त्री चौधरीले ४६औँ विश्वखाद्य दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै कृषि भूमिको संरक्षण, उपलब्ध भूमिस्रोतको समुचित उपयोग गर्दै नवीन सोच, अनुसन्धान र प्रविधिको विकास र विस्तारमार्फत कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र विविधीकरणको माध्यमबाट कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् । उनले नागरिकमा खाद्य सुरक्षाको अनुभूत गराउन र भावी पुस्ताका लागि पर्याप्त र पोषणयुक्त भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

विश्वव्यापी रूपमा हरेक वर्ष अक्टोबर १६ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘पोषण सुरक्षाका लागि कृषिमा नवप्रवर्तन’ राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदैछ । विश्व भोकमरी सूचकाङ्कमा नेपाल १४ दशमलव आठ अङ्कसहित मध्यमस्थिति (७२औँ स्थान) मा रहे पनि पाँच वर्षमुनिका करिब २६ प्रतिशत बालबालिकामा पुड्कोपन रहेको तथ्याङ्कले पोषण प्रवर्द्धनका सन्दर्भमा हाम्रा नीति तथा कार्यक्रमगत प्रयासहरूलाई थप परिणाममुखी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

काठमाडौँ, ३० असोज । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्रीय

काठमाडौँ, ३० असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Exchange Rate for October