पार्टीको हितका लागि सबै योग्य र सक्षम साथीलाई समेटेर अघि बढ्नु आवश्यक : गगन थापा

काठमाडौँ, ३० असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पराजित वा छुटेका योग्य नेतृत्वलाई समेटेर अघि बढ्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित नेपाल पेसाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्ने बताए । 

सभापति थापाले पार्टी केन्द्रीय समितिको प्रभावकारिताका लागि आफ्नो टिममा छुटेका नेताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । थापाले पार्टीको आन्तरिक निर्वाचनलाई ‘जित र हार’को अन्तिम मानकका रूपमा नहेर्न आग्रह गरे । 

उनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास प्रतिस्पर्धाका लागि मात्र भएको भन्दै त्यसलाई थप सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको स्पष्ट पारे । थापाले आफूलाई केन्द्रीय समितिमा सहयोग गर्न सक्ने थुप्रै क्षमतावान नेताहरू अहिलेको संरचनामा नअटेको स्वीकार गर्दै उनीहरूलाई संगठनको काममा सक्रिय रूपमा संलग्न गराउने कार्ययोजना रहेको बताए । उनले पार्टीको संगठनात्मक संरचना पूर्णता दिने प्रक्रियालाई छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरे । 

उनले भने, “केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउनु मेरो महत्त्वपूर्ण जिम्मेवारी हो । पार्टीको केन्द्रीय कार्यसमितिमा रहेर मसँग काम गर्न योग्य र सक्षम धेरै साथीहरू यसपटक छुट्नुभएको छ,” “पार्टीको हितका लागि सबै योग्य र सक्षम साथीहरूलाई समेटेर अघि बढ्नु आवश्यक छ । छुट्नुभएका साथीहरूलाई पनि समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउनेछु । यो प्रक्रिया सकेसम्म छिटो पूरा गर्नेछौँ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सञ्चारमन्त्री विक्रम

काठमाडौँ, ३० असाेज । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त

काठमाडौँ, ३० असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पराजित वा छुटेका योग्य नेतृत्वलाई समेटेर अघि बढ्ने

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री