चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु

काठमाडौँ, ३० असोज । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ-टिकटिङ (विद्युतीय टिकट) प्रणाली सुरु गरेको छ ।

यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् । पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्ने व्यवस्था मिलाइएको छ । यसको परीक्षणको नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने जनाइएको छ ।

यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने बाध्यता थियो । अनलाइन सेवाले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।

निकुञ्जमा सौराहा, कसरा, घटगाई, मेघौली, बनकट्टा, माडी, कुजौली, नवलपरासी र अमलटारीलगायतका नाकाबाट पर्यटक प्रवेश गर्छन् । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालनमा छन् । पर्यटक यहाँ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्तीलगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न आउने गरेका छन् ।

निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन रु १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र अन्य विदेशी पर्यटकले रु दुई हजार राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको निकुञ्ज कार्यालयले जनाएको छ । पर्यटक बोक्ने जिपले निकुञ्जमा एकपटक प्रवेश गर्दा रु पाँच हजार शुल्क बुझाउनुपर्छ । अब पर्यटकको आवश्यक विवरण भरेर प्रक्रिया पूरा गरेपछि क्यूआर कोड तयार हुने र सोही कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिने निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ३० असोज । रामहरि चौलागाईं । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य राजीव खत्रीले भक्तपुरको

काठमाडौँ, ३० असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन

काठमाडौँ, ३० असोज । नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै

काठमाडौँ, ३० असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा