सम्भावित विपद् सामना गर्न प्रहरीलाई अझै सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ, ३० असोज । प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित विपद्को सामना गर्न प्रहरीलाई अझै सक्षम बनाउने बताएका छन् । 

७१ औँ प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा लिखित सन्देश पठाउँदै प्रधानमन्त्री शाहले भनेका छन्, ‘सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने प्रहरीलाई आगामी दिनमा सम्भावित विपद् सामान गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ ।’

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा शाहले पठाएको सन्देश आईजीपी दानबहादुर कार्कीले वाचन गरेका हुन् । प्रहरीलाई सक्षम बनाउने नीतिगत मार्गदर्शन, कानुनी सहजता र आधुनिक तालिमलाई प्राथमिकता दिएको शाहले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सरकारले प्रहरी अस्पताललाई मेडिकल कलेजको रूपमा विकाश गर्ने योजना बनाएको छ ।’

वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा भनेका छन्, ‘प्रहरीको समन्वयमा राष्ट्र बैंक, इन्टरनेट सेवा प्रदायक संस्था र डिजिटल सेवा प्रदायकहरूलाई एकै ठाउँमा ल्याउने काम भइरहेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ३० असोज । रामहरि चौलागाईं । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य राजीव खत्रीले भक्तपुरको

काठमाडौँ, ३० असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको संविधानको धारा ३६ ले खाद्यसम्बन्धी हकलाई मूर्तरुप दिन

काठमाडौँ, ३० असोज । नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै

काठमाडौँ, ३० असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा