काठमाडौँ, ३० असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मध्याह्न १२ः३० बजे बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय हुनेछ ।





