एमालेले केन्द्रीय कार्यालयको सुरक्षाका लागी सीसीटीभी जडान

काठमाडौँ, ३० असोज । नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी सङ्गठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको छ । 

कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा शक्तिशाली क्यामेरा (सीसीटीभी) जडान गरी निगरानी समेत बढाएको छ ।

वि.सं. २०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा हालै कुनै पूर्वजानकारी विना हटाइएको थियो । सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेपछि पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाउनुपरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३० असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा

काठमाडौँ, २९ असोज । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन केसी,

काठमाडौँ, २९ असोज । चाडपर्वको बिदामा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनाहरूको कारोबार विवरण समयमै उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले