राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति ज्ञानेन्द्र शाहको गम्भीर चिन्ता

काठमाडौँ, ३० असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्‌का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।   

विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै  उनले भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठुलो जनधनको क्षति भएको उल्लेख गरे । उनले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने बताएका छन् ।   

देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक र प्रशासनिक क्षेत्र अन्योलको स्थितिमा रहेको भन्दै प्रजातान्त्रिक विधि-प्रक्रियालाई सुदृढ बनाएर अर्थतन्त्र उकास्न सबै पक्ष गम्भीर हुनुपर्ने सन्देशमा उल्लेख छ।   नयाँ पुस्ताले जिम्मेवारी लिएर देशलाई आशावादी बनाउने विश्वास व्यक्त गर्दै उनले विभाजित होइन एकीकृत, र परनिर्भर होइन आत्मनिर्भर नेपाल निर्माणका लागि आह्वान गरेका छन्।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्‌का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक

काठमाडौँ, ३० असोज । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा माता कात्यायनीको

काठमाडौँ, ३० असोज । २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल ।    मेष :दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ

काठमाडौँ, २९ असोज । काठमाडौँको रानीपोखरीमा एक जनाको शव फेला परेको छ । उपत्यका प्रहरी कार्यालयका अनुसार एक पुरुषको शव